दुई खनालको नेतृत्वमा प्रहरी संगठन
काठमाडौं – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नेतृत्व छनोट गरेको छ। बालुवाटारमा मंगलबार साझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाल र सशस्त्रमा शैलेन्द्र खनाललाई बढुवा गरेको हो।
गृह मन्त्रालयको प्रस्तावमा खनालद्वयलाई बिहीबारदेखि लागू हुने गरी प्रहरी नायब महानिरीक्षक ९डीआईजी० बाट महानिरीक्षकमा बढुवा गरिएको हो ।
नेपाल प्रहरीमा सर्वेन्द्र २६ औं महानिरीक्षक भएका छन् भने सशस्त्रमा शैलेन्द्र १० औं महानिरीक्षक बनेका छन् । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ बुधबारदेखि ३० वर्षे सेवा अवधिका कारण सेवानिवृत्त हुँदै छन्। उनीहरू सेवानिवृत्त हुनु एक दिनअघि सरकारले २९ चैतदेखि लागू हुने गरी दुवै प्रहरीमा नयाँ महानिरीक्षकमा बढुवा गरेको हो।
नेपाल प्रहरीमा दुई प्रतिस्पर्धी डीआईजीद्वय रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन्। ट्राफिक प्रहरी महाशाखाका प्रमुख खनाल कार्यसम्पादन मूल्यांकन (कासमू) मा एक नम्बरमा थिए। गृह मन्त्रालयले सर्वेन्द्रलाई प्रहरी महानिरीक्षकका लागि प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्ले विवादबिनै महानिरीक्षकको नियुक्ति गरेको छ। सशस्त्रको कासमूमा एक नम्बरमै रहेका शैलेन्द्र सशस्त्रको मानव स्रोत संसाधनमा कार्यरत छन्।








Leave a Reply
Be the First to Comment!