२०७६ चैत्र १८

आफनो टोल आफै सफा गरौं भन्दै जागे युवा, मेयर शाक्यको क्लिन द सिटी नाम मात्रै

काठमाडौं -काठमाडौ महानगर पालिकाले शुरु गरेको क्लिन सिटि अभियान एघार महिनामा पुरा भएको छ । गत जेठबाट काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले शुरु गरेका क्लिन सिटि अभियान अहिले भने के हुदैछ भन्ने अन्यौलमा छ सर्वसाधारण ।

 

मेयर शाक्यले ’क्लिन द काठमाडौ’ अभियान भन्दै शहरमा झाडु लगाए । उपमेयर खड्गी पनि सडक बढार्न ब्यस्त भइन् । मेयर र उपमेयरले नै झाडु बोकेर सडकमा उत्रिएपछि जनस्तरबाट पनि भब्य स्वागत भयो । अभियानमा महानगरवासीले पनि जमेर सडक बढारे । हुन् पनि जताततै धुवाँ,धुलो र फोहोरले अस्तव्यस्त भएको शहर सफा बनाउने अभियानको राम्रो सुरुवात थियो । तर अहिले त्यो अभियान के हुदैछ सर्वसाधारण कसैलाई थाहा छैन ।

 

सडकमा धुलो धुंवा उस्तै छ न सडक पखालिएका छन् नत सडकको फोहोर उठेका छन् । अस्त व्यस्त उस्तै छ । तर यस्तो अस्त व्यस्तले गर्दा शहरको सुन्दरता र वातावरणमा प्रतिकुल असर परेको भन्दै अहिले केहि वडाका स्थानिय भने आफै सडक क्लिन गर्दै आईरहेका छन् । काठमाडौ वडा नं १३ बाफलका युवाहरु आफै आफ्नो टोल सरसफाईमा लागेका हुन् ।

 

कान्तिपुर सरसफाई सेवा प्रा.ली सोल्टीमोड र वातावरण सुधार सेवा प्रा.ली बाफलले अहिले वडाका हरेक क्षेत्रमा सडक बढार्दै आईरहेका छन् । उनीहरुले महानगरपालिकाले गरेको क्लिन अभियान नभई आफै क्लिन द सिटी अभियानमा लागेका हुन् । अहिले उनीहरुले कालिमाटी चोकमा ढल सरसफाईको काम समेत थालेका छन् । आईतवार विहान उनीहरुले फोहोर व्यवस्थापनका विषयमा अन्तर्रक्रियाको आयोजना समेत गरेका छन् । विभिन्न टोलका स्थानिय र जनप्रतिनिधीलाई संगै एकै ठाउंमा राखेर उनीहरुले वडालाई कसरी संधै दिर्घकालिन रुपमा सफाई राख्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

 

कार्यक्रममा वातावरण विभागका प्रतिनिधीको पनि सहभागीता रहेको थियो । अहिले उनीहरु आफै सडक बढार्ने देखि लिएर फोहोर संकलनको काम समेत गर्दै आईरहेका छन् । काठमाडौका मेयरले विद्या सुन्दर शाक्यले तामझामका साथ सुरु गरेको क्लिन सिटी अभियान नारामै सिमित छन् । अभियानले निरन्तरता पाएका छैनन् । तर यी युवाहरुले गरेको अभियानलाई भने निरन्तरता दिने उनीहरुको भनाई छ ।

 

महानगरपालिकाले बु्रमर समेत खरिद गरेका छन् तर त्यो ब्रुमर कहां चलाउछन् महानगरले सर्वसाधारण कसैलाई थाहै छैन । शहर विश्व कै प्रदुषित शहरमा चिनिदै गएको छ तर क्लिन सिटी भन्दा भाषन दिन मात्र व्यस्त छन् काठमाडौ महानगरपालिका जनप्रतिनिधीहरु ।

 

अव शहरको सुन्दरताका लागि पनि क्लिन सिटी अभियानलाई अघि बढाउन आवश्यक छ । फोहोर सफा कै नाममा करोडै बजेट दुरुपयोग समेत हुने गरेको छ । यस्तो प्रवृत्तिलाई रोक्न आवश्यक छ । महानगरपालिका र वडाले आफुले नसके निजि क्षेत्र संग सहकार्य गरेर अभियान सफल बनाउन लाग्नै पर्छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016