२०७६ मंसिर २८

विमान दुर्घटनाका घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै , ३३ नेपाली

काठमाडौं – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बाङ्ला एयरलाइन्सको विमानबाट उद्धार गरिएका घाइतेहरुलाई काठमाडौंका विभिन्न अस्पतालमा लगिएको छ ।

 

दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ भने केहीको विमानभित्रै मृत्यु भइसकेको छ। त्रिभुवन विमानस्थलमा अनियन्त्रित भइ दुर्घटनामा परेको युनाइटेड वंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली यात्रु यात्रारत थिए।

 

घाइते यात्रुहरुको नर्भिक अस्पताल थापाथली, काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल लगायतका अस्पतालमा लगेर उपचार भइरहेको छ । केएमसीमा नेपाली र बंगलादेशी गरी २५ यात्रुलाई लगिएकोमा त्यसमध्ये ८ वटा शव रहेको नागरिक उड्डयन प्राधिकरणकी कर्मचारी सुनिता भारद्वाजले जनाएको छ ।

 

यस्तै, नर्भिक अस्पतालमा चार जना घाइतेको उपचार भइरहेको छ । अस्पतालका अनुसार तीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ३३ नेपालीसहित ६७ जना यात्रु रहेको विमानमा ४ जना चालक दलका सदस्य थिए।

 

दिउँसो २ बजेर १८ मिनेट जाँदा धावनमार्गको पूर्वतिर दुर्घटना भएको थियो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016