२०७६ कार्तिक २६

विश्व कै नमुना साईवर सिटी बन्दै ठमेल

 

काठमाडौं -नेपालको मुख्य पर्यटकिय गन्तव्य ठमेल अव पैदलमार्ग वाकिङ स्ट्रिट संगै साईवर सिटी बनाउने तयारी भएको छ । ठमेल पर्यटन विकास परिषदको पहलमा अव ठमेल साईवर सिटीका रुपमा पनि विकास हुने भएको हो । ठमेल पर्यटन विकास परिषदले सवै सरोकारवाला निकाय संग छलफल भईरहेको जनाएको छ ।

ठमेल अहिले पहिलो चरण अन्तर्गत सोह« खुट्टे उकालो देखि काठमाडौ गेष्ट हाउस सम्ममा अहिल वाकिङ स्ट्रिटका रुपमा फ्रि भेईकल जोनको रुपमा विकास भईसकेको छ । अव पुरै ठमेल क्षेत्रलाई फ्रि भेईकल जोन संगै अव साईवर सिटीका रुपमा विकास हुने भएको छ । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङले ठमेललाई साईवर सिटीका रुपमा विकास गर्न सरोकारवाला निकाय संग बृहत छलफल भईरहेको बताए ।

 

उनले पहिलो चरण अन्तर्गत सोह« खुट्टे उकालो हुदै काठमाडौ गेस्ट हाउस सम्मको क्षेत्रलाई फ्रि भेईकल जोन घोषणा गरेर वाकिङ स्ट्रिट बनाईसकको भन्दै अव दोश्रो चरणको फ्रि भेइकल जोनको कामको तयारी भएको समेत बताए । तेस्रो चरण सम्मको काम पछि ठमेलको सवै क्षेत्र फ्री भेइकल जोन भइसक्ने उनको दावी छ ।

 

कुनै समय ठमेल अनैतिक कार्यहरुले बदनाम हुने गरेको थियो । यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न अहिले साईवर सिटीका रुपमा विकास गर्न आवश्यक रहेको अध्यक्ष गुरुङको भनाई छ । अहिले ठमेल पर्यटन विकास परिषदले ठमेलको हरेक गतिविधीलाई सिसि क्यामराबाट निगारानी गर्ने गरेको छ ।

 

हालै मात्र परिषदले ४० वटा सिसि क्यामरा ठमेलका हरेक क्षेत्रमा जडान गरिसकेका छन् । अव ठमेल क्षेत्रमा कोही पनि अपराधिक गतिविधी गरेर उम्कन पाउने छैनन् । ठमेल अव पुर्ण रुपमा सुरक्षित र सभ्य हुने अध्यक्ष गुरुङको दावी छ । ठमेललाई विश्व कै नं १ वाकिङ स्ट्रिट संगै साईवर सिटी बनाउन सवै एक भएर लाग्न उनले आग्रह समेत गरेका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016