मेलम्ची खानेपानी आयोजनाको १० प्राडोसहित २७ वटा गाडी गायव

मेलम्ची खानेपानी आयोजनाको १०  प्राडोसहित २७ वटा गाडी गायव

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएका छन् । महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो ।

हेडवर्क्स तथा सुरुङ निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले किनेका गाडीमध्ये १० वटा प्राडोसहित २७ वटा गाडीको उपयोग र अवस्थाबारे कार्यालयलाई जानकारी नै छैन ।

प्रकाशित मिति:     ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar