२०७७ कार्तिक ३

मेलम्ची खानेपानी आयोजनाका कामदारले मंसिर देखि पाएनन तलव, काम ठप्प !

काठमाडौं । राजधानीवासीको प्यास मेटाउन निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न मिति लम्बिदैं गएको छ । अन्तिम समयमा २०७५ सालको वैशाखमा निर्माण सम्पन्न मिति तोकिएको मेलम्ची खानेपानी आयोजनाका कामदारले चार महिनादेखि तलब नपाएको भन्दै काम ठप्प पारेपछि अन्यौल बढेको हो ।

 

आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएकोे इटालियन कम्पनी ‘सीएमसी’ले कामदारहरुलाई मंसिर महिनादेखिको तलब नदिएपछि कामदारहरुले काम बन्द गरेका हुन् । कम्पनीले पटक पटक सूचना टाँस गरेर कामदारको तलब दिने आश्वासन दिएपनि तलब भने नपाएको भन्दै केही कामदारले बिहिबारदेखि नै काम छोडेर हिँडेका छन् भने बाँकीले शनिबारबाट सबै काम रोकेका हुन् । ‘मंसिर महिनादेखिको तबल पाएको छैन,’ नाम नखुलाउने शर्तमा एक कामदारले भने, ‘काम नरोकी तलब पाएको इतिहास नभएकै कारण काम रोकेका हौं ।’ उनका अनुसार कम्पनीले यसअघि पनि पटक पटक लामो समय तलब नदिने र काम रोकेपछि मात्रै तलब दिने गरेको बताए ।

 

एक स्थानीय ठेकेदारका अनुसार कामदारहरुको नेतृत्व गर्दै तलब तथा अन्य सुविधा माग गर्ने कामदारलाई कम्पनीले कामबाट नै निकाल्ने गरेको छ । यसकारण पनि रोजीरोटी नै गुम्ने भएकोले यो विषयमा बोल्न जो कोही कामदार चाँहदैनन् । यो पटक भने लामै समय भएर आफुहरुलाई हातमुख जोड्नै गाह्रो भएकोले मात्रै काम रोकेको उनले बताए । आयोजनमा कम्तिमा अठार हजारदेखि बढिमा दुईलाखसम्म तलब खाने कामदार छन् । ती कामदारले मंसिर महिनादेखि तलब नपाएको बताएका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016