२०७७ मंसिर १३

ठमेल पर्यटन विकास परिषद्ले भन्यो–अध्यक्षको विषयमा गरिएको प्रचारमा कुनै सत्यता छैन

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) का अध्यक्ष समिर गुरुङको नाम जोडेर सामाजिक संजालहरुमा गरिएको अनर्गल प्रचारप्रति परिषद्ले गम्भिर आपत्ती जनाएको छ । परिषद्ले आज प्रेस विज्ञप्ती जारी गर्दै गुरुङले परिषद्को अध्यक्षको जिम्मेवारी सम्हालेसँगै ठमेलको द्रूत विकासमा लागेको अवस्थामा उनको चरित्र हत्या गर्ने र संस्थाको बदनाम गर्ने मनसाय स्वरुप सामाजिक संजालहरुमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ती जनाएको हो ।

 

‘हाल परिषद्को अगुवाइमा ठमेलमा ढल निर्माण, तार व्यवस्थापन, फोहोर व्यवस्थापन, सडक निर्माण देखि भेइकल रेगुलेट, सिसिक्यामेरा जडान लगायताका कामहरु भइरहेको छ ।’ परिषद्ले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘जुनकार्यबाट यस क्षेत्रका स्थानीय, व्यावसायी मात्र होइन ठमेल घुम्न आउनेहरुले समेत सहज महसुश गरेका छन् । यस्तैगरि ठमेललाई व्यवस्थित र सुन्दर बनाउने अभियानमा खटिरहेको परिपेक्षमा केही अवाच्छिक तत्वहरुले अध्यक्ष र संस्थाको कार्यलाई प्रभावित पार्ने सुनियोजित षड्यन्त्र सहित प्रशासनलाई समेत जोडेर गरिएको प्रचारको कुनै तुक र प्रमाण छैन ।’

 

साथै सामाजिक संजालमा गरिएका हल्लाकै भरमा ठमेलको विकासमा कुनै पनि बाधा नपु¥याउने भन्दै भ्रामक प्रचारको पछि नलागी ठमेल विकासको महान अभियानमा परिषद्ले थालेका कार्यहरुमा साथ दिन आग्रह समेत गरेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016