सशस्त्रका ५ डिआइजीको बढुवामा सिफारिस
काठमाडौं- सशस्त्र प्रहरी बलका ५ जना डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नाम सिफारिस गरेको हो।
बढुवा सिफारिसमा पर्नेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन्।
गृहसचिव मोहनकृष्ण सापकोटा नेतृत्वको समितिले बढुवा सिफारिस गरेको हो। सोही सिफारिसका आधारमा सरकारले बढुवा गर्नेछ।








भिडियो
Leave a Reply
Be the First to Comment!