२०७६ मंसिर २८

थबाङ गाउँपालिका प्रमुखको ससुरालीबाटै अपहरण

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका प्रमुख बीरबहादुर घर्तीमगर ‘वियोग’लाई बिहीबार राति ससुराली जांदै गर्दा अपरिचित समूहले अपहरण गरेको छ । शनिबार थबाङमा आयोजना हुने प्रथम गाउ सभाको तयारीमा लागेका गाउँपालिका प्रमुख घर्तीमगरको खोजी गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

 

गाउपालिका प्रमुख घर्तीको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान कार्यालयबाट सुरक्षाकर्मीलाई खटाइएको हो ।

 

गाउँपालिका प्रमुख घर्ती नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन् । तत्कालीन माओवादी लडाकुका पूर्व कमाण्डर रहेका घर्तीमगर रोल्पाको उवा निवासी हुन् । गत स्थानीय तहको निर्वाचनमा घर्तीमगरले स्वतन्त्रका तर्फबाट प्रमुखमा उम्मेदवार बनेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको थबाङकै युवा नेता अमित घर्तीमगरसँग चुनावी प्रतिष्पर्धा गरेका थिए ।

 

निर्वाचित भएपनि गाउँमा बसेर काम गर्न मुस्किल हुने चुनौतीका बारेमा गाउँपालिका प्रमुख घर्तीमगर अनुमान गर्दै आएका थिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016