२०७६ कार्तिक २६

एनआरएन डेनमार्कको महासचिवमा उम्मेदवारी दिदै सुमन थापा

डेनमार्क – डेनमार्कको  कोपहेगनमा यहि सेप्टेम्वर ११ मा हुन लागेको एनआरएन चौथौ अधिवेशनमा  सुमन थापाले महासचिवमा उम्मेदवारी दिने भएको छ । उनले आफ्नो घोषणा समेत सार्वजनिक गरेको छ । एनआरएन डेनमार्कको बार्पिक क्यालेन्डर बनाएरै त्यसै अनुरुप समयमा सफलतापुर्वक संचालन गर्ने योजना लिएका छन् उनले ।

 

समाजमा कृयाशिल सबै संघसंस्थाका प्रतिनिधिहरु र सामाजिक अभियन्ताहरुलाई परिचालन गरि एन आर एन ले आयोजना गरेका सबै कार्यक्रमहरुलाई सफल बनाउन प्रयास गर्र्दै ऐनआरएनए डेनमार्कका बिगत हिसाब किताब देखी आगामी सम्पुर्ण कार्यक्रमका आयव्ययहरुको पारदर्शी रुपमा सामाजिक संजाल र संस्थाको वेबसाईटमा अध्यावधिक गर्ने सम्मको योजना लिदै कुनै पनि कार्यक्रम र नेपालमा सहयोग पठाउने नाममा चन्दा उठाउने परिपाटीलाई निरुत्साहित गरि एन आर एन ए डेनमार्क को आफ्नै श्रोतको खोजी गर्ने तथा संस्थालाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन तिर उन्मुख गर्ने प्रयास गर्ने र डेनमार्कमा अध्ययन गर्न आउने नव आगन्तुक विद्यार्थी तथा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुका लागि हेल्प डेस्क को स्थापना र विद्यार्थी कल्याण कोषको व्यवस्था गर्ने समेत आफ्नो महासचिवमा उम्मेदवारी दिन लागेको बताए ।

 

डेनमार्कमा स्थापित र स्थापित हुन प्रयास गरिरहेका खेलकुदका क्लबहरुलाई उत्थान र प्रोत्साहन गर्न सहजकर्ताको भूमीका निर्वाह गरि डेनमार्कमा लामो समयदेखी बस्दै आएका नेपालीहरुलाई व्यापार व्यवसायमा संलग्न हुन अभिप्रेरित गर्ने खालका कार्यक्रमहरु ल्याउने तथा अध्यागमन सम्वन्धि कानूनी परामर्श दिने कार्यक्रम नियमित रुपमा संचालन गर्ने उनको भनाई छ । नेपाली भाषा, संस्कृति र रास्ट्रिय पहिचान देखिने गरि स्थानिय डेनिश समाजमा प्रस्तुत गर्ने । दोश्रो पुस्ताका नेपाली भाई बहिनीहरुको सुनौलो भविष्य निर्माण गर्न तथा स्थानिय डेनिश समाजमा स्थापित गर्नको लागि सहजिकरण गर्ने । सम्मको एजेण्डा उनको रहेको छ ।

 

को हुन् सुमन थापा ?

 

सन १९८२ ललितपुरमा जन्मनु भएका सुमन थापा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ७ निवासी हुन । सन २००८ मा अध्ययन को शिलशिलामा डेनमार्क आउनु भएका थापा २०१४ मा औपचारिक रुपमा डेनमार्क बाटै स्नातकोत्तर उतिर्ण गरि स्थायी बसोबासको अनुमति प्राप्त गरेका हुन ।

 

डेनमार्कमा रहदा पनि समय समयमा बिभिन्न कार्यक्रम मा सक्रिय रुपमा सहभागी हुने थापा खादा पासा जस्तो हास्यव्यंग नाटक मा अभिनय गरि युरोपमा नै चर्चित भएका व्यक्ति हुन ।

 

खादा पासा नाटकको माध्यम बाट समाजमा व्याप्त बिकृति र बिसंगति माथि चोटिलो प्रहार गर्ने एउटा सिर्जनशिल सामाजिक अभियन्ता पनि हुन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016