२०७६ मंसिर २८

चितवनमा बस दुर्घटना, २ महिने छोरी सहित बुुवाको मृत्युु , ५ घाईते

 

चितवन  – चितवनको इच्छाकामना गाउँपालिका  – ३ चुम्लिङ्गटारमा यात्रुबाहक बस दुर्घटना हुँदा नेपाल प्रहरीका जवान र उनकी छोरीको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् ।

 

ना ६ ख २४६८ नम्बर बस दुर्घटना हुँदा केन्द्रिय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी जवान राज कुमार थारु र २ महिने छोरीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा गम्भीर घाईते भएका बाबुछोरीको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ५ लाई उपचारका लागि पोखरा लगिएको छ ।

 

घाइते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016