२०७६ चैत्र १८

राजधानीमा झाडापखालाका बिरामी बढे, शंकास्पद’ ब्याक्टेरिया देखियो

काठमाडौं – केही दिनयता उपत्यकामा झाडापखालासँगै अज्ञात ब्याक्टेरियाबाट संक्रमित बिरामी बढेका छन् ।

 

टेकु अस्पतालमा उपचार गराउन आउने झाडापखालाका बिरामीमा हैजाजस्तै अज्ञात ब्याक्टेरिया पनि देखिएको हो । केहि बिरामीको दिसामा झाडापखाला गराउने हैजाजस्तै अज्ञात ब्याक्टेरिया पाइएको चिकित्सकले जनाएका छन् ।

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार भर्ना भएका तीनजनामा यस्तै ब्याक्टेरिया देखिएको छ । यसलाई चिकित्सकहरूले ‘शंकास्पद’ भनेका छन् ।

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकका अनुसार केही समयअघिका तीन बिरामी र आइतबारका तीनजना बिरामीको दिसा परीक्षण गर्दा ठ्याक्कै हैजामा देखिने जस्तै पहेँलो रङमा ठूल्ठूला थोप्लाका ‘कोलनिका’ आकृति देखिएका हुन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016