२०७६ चैत्र १८

धुलो पखाल्नै ९ करोड रुपैयाँ बजेट

 

काठमाडौं – राजधानीको धुुलो पखाल्न जेट मेसिन खरिद गर्न अर्थ मन्त्रालयले नौ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाले सडकको धुलो पखाल्न जेट मेसिन खरिद गर्ने भएको हो । अत्यधिक धुलोका कारण महानगर अस्तव्यस्त भए पछि जेट मेसिन खरिद गर्न लागेको हो । केहि समय पानी हालेर सडक पखाल्न खोजे पनि त्यो प्रभावकारी नभएको महानगरको बुझाई छ ।
सोही कारण आधुनिक मेसिन खरिद गरेर धुलो व्यवस्थापन गर्ने तयारी भएको महानगरले जनाएके छ । एउटा मेसिनको लगभग तीन करोड रुपैयाँ पर्छ । महानगरपालिकाले ५ वटा मेसिन आवश्यक भएको बताएको छ ।
धुलो पखाल्न कस्तो खालको जेट मेसिन उपयुक्त हुन्छ भनेर महानगरपालिकाका मेकानिकल इन्जिनियर, सडक डिभिजनका इन्जिनियर र पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक सम्मिलित टोलीले अनुसन्धान गरि रहेको छ । साथै महानगरमा हरियाली प्रवर्धन र धुलोको तत्काल व्यवस्थापनका लागि ठुला रुख रोप्न मिल्ने एउटा ‘ट्रि ट्रान्सप्लान्टर’ र ३ थान धुलो बढार्ने अत्याधुनिक प्रविधिको ब्रुमर खरिद प्रक्रिया पनि अघि बढेको उनले जानकारी दिए ।
जेट मेसिन आएपछि ब्रुमरले अघि अघि धुलो बढार्ने र मेसिनले पछि पछि पानी खन्याउने छ । महानगरपालिका आसपासका अरु नगरले पनि जेट मेसिन खरिद गरेर धुलो पखाल्ने प्रवन्ध मिलाए उपत्यकाको धुलो नियन्त्रण हुने उनको दावी छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016