इन्टेलिजेन्सलाई सशक्त बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले सुुचना संकलन अर्थात ईन्टेलिजेन्सलाई सशक्त बनाउन निर्देशन दिएका छन् । गृहमन्त्री शर्माले राज्यको अनुसन्धान निकाय कमजोर भए राज्य कमजोर हुने भन्दै राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउन निर्देशन दिएका हुन् । विभागको निरीक्षणका क्रममा मन्त्री शर्माले विभागका काम कारबाहीलाई प्राथमिकीकरण गरी परिवर्तित प्रविधिलाई आत्मसात् गर्दै राष्ट्रिय सुरक्षामा सहयोग पुग्ने सूचना सङ्कलन, विश्लेषण र मूल्याङ्कनसहित सम्प्रेषण गर्न विभागीय अधिकृत तथा कर्मचारीलाई निर्देशन दिए । उनले विभागका कर्मचारीको व्यावसायिक दक्षता र क्षमतामा अभिवृद्धि गरी कार्यगत विशिष्टीकरण गर्ने र विभागलाई राज्यको आवश्यकताअनुरुप सबल र सुदृढ बनाउन ऐन, नियम समयानुकूल परिवर्तन गर्न आफू र सरकारले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे ।








भिडियो
Leave a Reply
Be the First to Comment!