२०७६ चैत्र १८

नेपाल ‘ओबिओर’मा औपचारिक रुपमा सहभागी : ‘फ्रेमवर्क सम्झौता’ मा हस्ताक्षर

काठमाडौं – चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबिओर) मा नेपाल औपचारिक रुपमा सहभागी भएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार सहभागिता सम्वन्धी समझदारीपत्रमा परराष्ट्र मन्त्रालयमा शुक्रबार बिहान हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैगारी र चीनका तर्फबाट नेपालका राजदूत यु होङले हस्ताक्षर गरेका छन् । समझदारीपछि व्यापार, पारबहन, कनेक्टिभिटी लगायतका विकल्व खुल्ने अपेक्षा गरिएको छ । ओबिओरमा सहभागिताका विषयमा लामो समयदेखि बहस भए पनि औपचारिक रुपमा लिने सकेको थिएन । ओबिओरमा सहभागी हुने प्रारम्भिक समझदारी भने सन् २०१४ मा नै भएको थियो । सरकारले चीनमा हुन लागेको ओबर सम्मेलनमै परराष्ट्र मन्त्रीलाई पठाएर हस्ताक्षर गर्ने प्रयास गरे पनि समय कम भएपछि नेपालमै हस्ताक्षर गरिएको हो । सम्झौतामा हस्ताक्षर भएपछि परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले चीन र नेपालका लागि यो सम्झौता एउटा कोशेढुङ्गा भएको प्रतिक्रिया दिए । उनले ’सडक(रेलमार्ग’ सञ्जाल नेपालका लागि महत्वपूर्ण भएको बताए ।
विश्वका ६४ प्रतिशत मुलुकसँग जोड्ने गरी चीनले अघि बढाएको यो परियोजनामा नेपालले हस्ताक्षर गर्न आनाकानी गर्दै आएको थियो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला हस्ताक्षर हुने भनिए पनि तयारी नपुगेको भन्दै नेपालले हस्ताक्षर गरेको थिएन । ओबीओआरको सदस्य भएपछि नेपाल(चीन सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ । यो परियोजनामा हस्ताक्षरसँगै ओबीओआरको एउटा भाग तिब्बतबाट नेपालसम्म जोड्ने रेल परियोजनाले पनि गति लिने विश्वास गरिएको छ । ओबीओआरमा हस्ताक्षर गरेपछि नेपालमा सीमापार रेल, सडक सञ्जाल विस्तार, प्रसारण लाइन र विशेष आर्थिक क्षेत्रसहितमा चीनले सहयोग बढाउनेछ । यो परियोजनामा हस्ताक्षर गरेपछि विस्तार हुने रेलमार्गसँगै नेपाल दक्षिण एसियामा छिर्ने चीनको प्रमुखद्वार बन्नेछ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016