२०७६ मंसिर २८

धनकुटामा जन्ती बस दुर्घटना, ३ को मृत्यु

माघ ३ – धनकुटाको फाक्सिव ६ मा विवाहको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मोरङको केराबारी ७ बाट फाक्सिव गएको को १ च ८१८ नम्बरको गाडी सिजिबुङ खयरवनी पाखोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा केराबारीका २३ वर्षीय मिलन मगर, ३० वर्षीय विक्रम मगर र २५ वर्षीया अइता राईको मृत्यु भएको छ दुर्घटनामा घाइते भएका चार जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बाँकी सामान्य उपचार गरेर फर्किएका छन् । दुलाह दुलहीको अवस्था भने सामान्य छ । दुर्घटनापछि फरार भएका चालक विक्रम सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016